Section 98
दाबी नलाग्ने
दफा ८६ बमोजिम आफ्नो दाबी पेश गर्न सूचना गर्दा तोकिएको समयभित्र दाबी पेश नगर्ने साहु तथा अन्य व्यक्तिले दाबी पेश गर्ने अवधि समाप्त भए पछि कुनै दाबी पेश गर्न पाउने छैन । तर निक्षेपकर्ताको खातामा रहेको रकम उपर दाबी नपरेको कारणले निजको हकमा कुनै असर पर्ने छैन ।